अमेजानका मालिक जेफ बेजोस सबैभन्दा धनी अर्बपति बने, ट्रम्प २२२ औं स्थानमा

काठमाडौं, फागुन २३ । अमेजानका मालिक जेफ बेजोस सबैभन्दा धनी अर्बपति बनेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२२ औं स्थानमा धकेलिएका छन् ।

फोर्ब्स म्यागनिजका अनुसार राष्ट्रपति ट्रम्पको सम्पत्ति ३.५ बिलियन डलरबाट घटेर ३.१ बिलियन डलर भएको छ । न्यूयोर्कको सम्पत्तिको मूल्यमा आएको गिरावट र गर्ल्फ कोर्सको आम्दानी घटेका कारण ट्रम्पको सम्पत्ति घटेको बताइएको छ ।

विश्वका अर्बपतिहरुको सूचीमा पहिलो नम्बरमा जेफ बेजोस आएका छन् । उनको सम्पत्ति ११२ बिलियन डलर छ र यो गत वर्षको भन्दा ३९.२ बिलियन बढी हो ।

विश्वका अर्बपतिहरुको सूचीमा २ हजार २०८ अर्बपतिहरु सूचीकृत भएका छन् । नेपालका विनोद चौधरी पनि यो सूचीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *