बालिकाको बलत्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ

रुपन्देही, फागुन २३ । बालिकाको बलत्कार गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहिमाई गाउँपालिका वडा नम्बर–३, कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई पक्राउ गरेको हो ।

गएको माघ २२ गते खेतमा घाँस काट्न गएकी ती बालिका राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा बालिकाको शव आफैले ओढेको चुन्नी घाँटीमा कसिएको अवस्थामा फेला परेको थियो । प्रहरीले ती बालिकालाई धोवीले बलात्कार गरेपछि चुन्नीले घाँटी कसेर हत्या गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *