जहाँ भाडाको सट्टा सेक्स चाहन्छन् घरबेटी

काठमाडौं, फागुन २३ । खाना बनाउने, सरसफाइ गर्ने र हप्तामा एक वा दुई पटक सेक्स गर्न दिएको बदलामा उसले मलाई आश्रय दिने प्रस्ताव राख्दै थियो। शुक्रबारको साँझ मेरो अघि तिर एउटा २५ वर्षको युवक बसेको थियो।

उ आफ्नो बेडरुम शेयर गर्न तयार थियो, त्यो पनि बिना भाडाको । तर एक शर्त थियो, मैले आश्रयका लागि उसँग नियमित सेक्स गर्नुपर्ने थियो। लण्डनमा रेन्ट फर सेक्सको अभियान चलिरहेको थियो। त्यहाँका केही घरबेटीले घर भाडा नलिने तर भाडाको साटो सेक्सको डिमाण्ड गरिरहेका थिए। ती २४ वर्षीय युवकले यस्तो प्रस्ताव गरेको युवती म अर्थात नर्सिङकी विद्यार्थी थिए, जोसँग बस्नका लागि कोठा थिएन ।

उ लण्डनको जुन घरमा बस्थ्यो, त्यो घरमा अरु व्यक्तिहरु पनि बस्दै आएका थिए। तर पनि उसले भन्यो, अन्य व्यक्तिका कारण कुनै फरक पर्दैन। बस् यही भन्नु म उसकी गर्ल फ्रेण्ड हुँ। जब मैले अप्ठ्यारो मानेको महशुस गरे, तब उसले मनाउने प्रयास गर्यो।

यस सहरमा उ एक्लै थिएन, जो रेन्ट फर सेक्सको प्रस्ताव गर्ने। यस्ता प्रस्ताव गर्दै घर मालिकले विज्ञापन छापिरहेका थिए। दर्जनौँ यस्ता विज्ञापन आउन थालेपछि यस्तो विज्ञापनको दायरा पूरै ब्रिटिसमा फैलिएको थियो। साना देखि ठूला सहरसम्म यसको होडबाजी चलेको थियो। मैले यस विज्ञापनमा चासो देखाउन सुरु गरे। केही मिनेटमा एक जवान आएर मलाई सेक्सका लागि इसारा गर्न थाल्यो।

लण्डनको एक युवकले मेरो बडी र मेरो ब्राको साइज सोध्यो। दोस्रो व्यक्तिले भन्यो, तिमी यो कुरामा खुसीका साथ तयार नभएसम्म हामी व्हाट्सऐपमा कुरा जारी राखौँ। मलाई कयौँ घरबेटीसँग मिल्ने अवसर प्राप्त भयो। म अचम्मित भए, जुनजुन व्यक्तिसँग मिल्ने प्रयास गरे उनीहरु अलग अलग क्षेत्र र परीवेसका व्यक्ति थिए। एक व्यक्ति २४ वर्षको थियो, दोस्रो आफ्नो छोरीको कोठा मलाई दिन तयार थियो। उसकी छोरी यूनिवर्सिटीमा पढ्दै थिइन्। म जुन व्यक्तिसँग मिने उनीहरु सबै एक्लै दिए।

अर्को व्यक्ति, जसका घरमा अन्य मानिसहरु पनि थिए, उसले मलाई केवल गर्लफ्रेण्ड बनाउन चाहेको थियो। मैले सबै व्यक्तिसँग एक लाचार युवतीका रुपमा प्रस्तुत गरिरहेकी थिए। उनीहरुलाई यो कुराको कोही प्रवाह थिएन्, जुन कुरामा मलाई प्रस्ताव गरिरहेका छन्, त्यो कुराले मेरो जीवनमा के असर पर्छ।

धेरैजसो लण्डनका व्यक्तिलाई यो कुराको महशुस भएको थिएन की म कुनै गलत गरिरहेको छु। उनीहरुले रेन्ट फर सेक्सको विज्ञापन अवैध भन्ने कुरा समेत बुझन सकेका थिएनन्।

कुनै घरमा कोठा दिदा सेक्सको माग वेश्यावृत्तिका लागि प्रोत्साहन गर्नु र गराउनु हो। लण्डन र वेल्समा यस्तो काम गर्ने व्यक्तिलाई सात वर्षको जेल सजाय समेत हुने गर्दछ।

एक जनाले सेक्सका लागि सहमति खोजिरहेको थियो, उसलाई आफुले कुनै गलत नगरेको बताइरहेको थियो। रेन्ट फर सेक्सको विज्ञापन छ्यापछ्याप्ती आउँदा पनि सम्बन्धीत निकायको ध्यान पुग्न नसक्दा त्यहाँ कोठा भाडा लिएर बस्ने युवतीहरु नचाहादा नचाहदै वेश्यवृत्तिमा लाग्न बाध्य बनेका छन्।

(बीबीसी हिन्दीबाट अनुवात गरिएको लण्डनको एक सत्य कथा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *