नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि

काठमाडौं, फागुन २३ । त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरिएको भेटिएपछि कीर्तिपुर नगारपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ ।

त्रिविले हालसम्म निर्माण गरेका कुनै पनि भवनको नक्सा पास गरेको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ ।

नक्सापास नगरी धमाधम भवन निर्माण गर्न थालेपछि कीर्तिपुर नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले त्रिविमा हालसम्म निर्माण गरिएको कुनै पनि भवनको नक्सापास नगरेको स्पष्ट पारे ।

उनले भने, बल्ल जानकारी भयो, अब प्रक्रियामा जानेछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *