पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

काठमाडौं, फागुन २३ । पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।

एन्फिल्डमा भएको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पा¥यो ।

पहिलो लेगमा हात पारेको ५–० को विशाल जितका कारण प्रशिक्षक जर्जेन क्लोपले केही मुख्य खेलाडीलाई आराम दिएका थिए । पहिलो हाफमा साडियो मानोको प्रहार पोस्टमा लागेको थियो ।

लिभरपुल सन् २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *