वृद्धको शव फेला

महोत्तरी, फागुन २२ । गौशालामा एक वृद्धको शव कुहिएको अवस्थामा फेला परेको छ ।

गौशाला नगरपालिका– १२ स्थित उखुबारीमा स्थानीयवासी ५५ वर्षीय रामदेव महतोको शव कुहिएको अवस्थामा भेटिएको हो ।

उखु काट्ने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महतो गत माघ २ गतेदेखि बेपत्ता रहेको स्थानीय शिक्षक महावीर महतोले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *