बीजेपीका कार्यकर्ताले ढाले लेनिनको शालिक

काठमाडौं, फागुन २२ । भारतको त्रिपुरा राज्यको बेलोनिया शहरमा लेनिनको शालिक ढालिएको छ । विधानसभा चुनाव जितेसँगै भारतीय जनता पार्टीका कार्यकर्ताले लेनिनको शालिक डोजर लगाएर ढालेका हुन् । शालिक ढालेपछि बीजेपीका कार्यकर्ताले लेनिनको टाउकोको फुटबल खेलेका छन् ।

त्रिपुरामा वाम सरकारको २१ वर्ष पुरा भएको अवसरमा त्यहाँ लेनिनको शालिक बनाइएको थियो । ११.५ फिट अग्लो शालिक बनाउन ३ लाख बढी लागेको थियो । तर, २५ वर्षे वाम किल्ला ढालेसँगै बीजेपीका समर्थकले लेनिनको शालिक पनि हटाएका छन् ।

लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु पनि प्रतिकारमा उत्रेका छन् । राज्यका विभिन्न ठाउँमा तोडफोड भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिंसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *