अन्तत : स्थानीय शासन विधेयक संसद्मा पेश

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘स्थानीय शासन विधेयक, २०७३’ प्रस्तुत भएको छ ।

उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विधेयक प्रस्तुत गर्नुभएको हो ।

विधेयक प्रस्तुत गर्दै उपप्रधानमन्त्री गच्छेदारले, गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रलाई स्पष्ट पार्न तथा सङ्घ र प्रदेशसँग स्थानीय तहको सम्बन्धलाई स्पष्ट पार्न विधेयक ल्याइएको बैठकलाई जानकारी दिनुभयो ।

विधेयकमा विरोधको सूचना दिँदै सांसदहरु प्रेम सुवाल, अनुराधा थापा मगर, डिल्लीप्रसाद काफ्लेले आफ्ना अवधारणा पेश गर्नुभएको थियो ।

साथै उहाँहरुले विरोधको सूचना फिर्ता नलिएपछि सभामुखले उक्त सूचनालाई निर्णयार्थ पेश गर्दा बैठकको बहुमतले अस्वीकृत गरेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *