गृहमन्त्रीसँग कुनै गुनासो छन् ? फोन गर्नूस यो नम्बरमा

काठमाडौं,असार २५ । पूर्व उर्जा मन्त्री एवंम गृहमन्त्री जनार्दन शर्मा फेरि सबैको हाई हाई भएका छन् । कारण, जुनै नागरिकहरुले सोझै आफ्ना गुनासा वा उजुरीहरु गृह मन्त्रालयमा राख्न पाउने छन् । उपत्यकामा लोडसेडिङ मुक्त पारेपनि घरि घरि लोडसेडिङ भइरहेको छ । तर, सबैले उज्यालो भने पाएका छन् । यससँगै गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था समेत गरिसकेको छ ।

गृह मन्त्रालयले टोल फ्रि नम्बर १११२ मा सिँधै सर्वसाधारणले आफ्ना गुनासाहरु पोख्न सक्ने व्यवस्था गरेको छ । कसैको मोबाइलमा ब्याल्लेन्स रकम नभए चिन्ता लिनु नपर्ने मन्त्रालय स्रोले बताएको छ । उस्ले भनेको छ,‘यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन । ढुक्क्सँग आफ्ना गुनासा राख्नुस ।’

टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले तत्काल जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्ने बताए । यससँगै गुनासाका लागि स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका थिए । उनले जुम्लानै रोज्नुको कारण के थियो रु टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो आएपछि पहिलो प्राथमिक्ता त्यतातिरमोडिएको थियो । यससँगै अब सबै जिल्लाको गुनासो तत्काल सम्बोधन गर्ने मन्त्री शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *