राष्ट्रपति भण्डारी र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच आज भेटवार्ता

काठमाडौं, फागुन २२ । दुई दिने भ्रमणका लागि नेपाल आउनु भएका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच बिहान ९ः३० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दवाडीले जानकारी दिनुभयो ।

सोमबार नेपाल आइपुग्नु भएका अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसक्नु भएको छ । भेटका अवसरमा अब्बासीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुन सक्रिय बनाउनुपर्ने बताउनु भएको थियो ।

सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा हुने सार्क शिखर सम्मेलन भारत–पाकिस्तान मनमुटावका कारण रोकिएको छ । अनिश्चित बनेको सार्क शिखर सम्मेलनलाई  आफ्नै कार्यकालमा सक्रिय बनाउन अब्बासी नेपाल आउनु भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *