दर्शकले रुचाइदिए स्वेताकी ‘कान्छी’

काठमाडौँ, फागुन २१ । नायिका स्वेता खड्काद्धारा निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’लाई दर्शकले मन पराएका छन् । गत फागुन ११ गतेदेखि प्रदर्शन आएको कान्छी कान्छीले तेश्रो साताको प्रदर्शन यात्रा तय गरेको छ । तेश्रो सातामा पनि श्वेताको फिल्मले मल्टिप्लेक्समा शोज पाइरहेको छ ।

सम्पूर्ण दर्शकलाई धन्यवाद, कोहिनूरपछि कमब्याकभएकी श्वेताले भनिन्, म र मेरो टिमलाई गर्नु भएको विश्वास प्रतिहामी सबै कृतज्ञ छौं । रिलिज अगाडी नै लगानी सुरक्षित गरेकी श्वेताले सार्वजनिक प्रदर्शनको व्यापारिक हिसाबकिताबभने सार्वजनिक गरेकी छैनन् । मलाई पैसा भन्दापनि दर्शकको माया चाहिएको थियो,जुन मैंले पाए । पैसा कति कमाएँ हिसाब नै गरेको छैन्, श्वेता भन्छिन् ।

आकाश अधिकारीको निर्देशन रहेको कान्छीमा श्वेतासँगै अभिनेता दयाहाङ राई, निर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनौद न्यौपाने, भूमिका श्रेष्ठ, दीलिप पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *