प्रादेशिक महोत्सव सम्पन्न

फागुन २१,धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ११ गतेदेखि जारी प्रादेशिक महोत्सव–२०७४ सम्पन्न भएको छ ।

सोमवार विशेष कार्यक्रमको आयोजना गरी महोत्सवको समापन गरिएको छ ।

महोत्सव समापन समारोहका प्रमुख अतिथि ज्ञ नं प्रदेशका सभामुख प्रदिप भण्डारीले १ नं प्रदेशले कच्चा पदार्थ उत्पादन गरेको बस्तुलाई बजारी करण गर्न जरुरी रहेको बताए ।

प्रदेश नाम तथा राजधानीका सवालमा थुप्रै बहस र छलफल भएको भए पनि एउटा ठाउँमा प्रदेशको राजधानी बन्दैमा अन्य ठाउँ“मा विकास नरोकिने उनले उल्लेख गरे ।
प्रदेश १ न क्षेत्रको आर्थिक विकासका लागि आफूले सक्दो प्रयास गर्ने उनको भनाइ थियोे ।

सो अवसरमा वाणिज्य मन्त्रालय व्यापार तथा पबद्र्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम रणले राज्यले निजीक्षेत्रलाई प्रोत्साहन गर्न नसकेको बताए ।

लगानीमैत्री वातावरणको खाँचो रहेको औँल्याउँदै रणले अब बन्ने सरकारले स्थिरताको वातावारण सृजना गर्नुपर्ने बताए । आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मूल आयोजक समितिका संयोजक राजेन्द्र शाहले महोत्सव उत्साहजनक तरिकाले सम्पन्न भएको बताए ।

महोत्सवको लक्ष्यलाई पूरा गरिछाड्एको र महोत्सव बारेमा भएको कमी कमजोरीका बारेमा समीक्षा गर्नै उनको भनाइ थियोे ।

सो अवसरमा महोत्सव कार्यान्वयन समिति, विभिन्न उपसमितिका संयोजक, सदस्य एवम् पाहुनालाई मायाको चिनो दिइएको थियो भने कार्यक्रममा चर्चित नायिका कलाकार तथा निर्दैशक पुर्वैली चेली दीपा श्री निरौला र छमछमी उपबिजेता धरान १५ कि मनिता राईलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *