मेस्सीले गरे ६ सयौं गोल

काठमाण्डौ, फागुन २१ । मेसीले गरेको उत्कृष्ट फ्रिकिक गोल निर्णायक सावित हुँदा बार्सिलोना उपाधि होडमा थप बलियो बनेको छ । दोस्रो स्थानमा रहेर पछ्याइरहेको एथ्लेटिको मड्रिडविरुद्ध मेसीले गरेको यो गोल उनको करियरको ६ सयौँ गोल पनि हो ।

यो खेलअघि बार्सा ५ अंकले अगाडि थियो । यदि हारेको भए दूरी २ अंकमा झर्ने थियो, जसले वार्साको उपाधि यात्रा कठिन बनाउने थियो । तर एथ्लेटिकोविरुद्धको ३ अंकले बार्सालाई ८ अंक अघि पुर्‍यायो।

खेलको अधिकांश समय बार्सिलोनाले नै दबाब कायम राखेको थियो । यो जितलाई बार्सिलोनाको उपाधि यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *