पाठेघर प्रत्यारोपण गरेकी महिलाले जन्माईन् बच्चा

काठमाडौं, फागुन २१ । बेइलर स्कट एन्ड ह्वाइट स्वास्थ्य सुरक्षा प्रणालीअन्तर्गत अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी महिलाबाट शिशु जन्मिएको छ । अमेरिकाको डालासस्थित द बेइलर विश्वविद्यालय चिकित्सा केन्द्रमा ती महिलाले शिशुलाई जन्म दिएकी हुन्।

गत फेब्रुअरीको अन्तिममा जन्मिएको शिशु छोरी रहेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतले आमाको भने नाम तथा अन्य पहिचान खुलाएको छैन । तर महिलाको गर्भवती हुँदाको समयदेखि बच्चा जन्मिनुसम्म कुनै कठिनाई नभएको बताएको छ ।

अस्पतालमा चलिरहेको ‘गर्भाशय प्रत्यारोपण क्लिनिकल ट्रायल’अन्तर्गत शिशुको जन्म भएको दोस्रो घटना हो। सो परिक्षणमा पूर्णरुपमा बाँझोपन भएका महिलाहरु सहभागी भएका छन्।

सोहि परिक्षणअन्तर्गत पहिलो शिशुलाई जन्म दिएको जस्तै गरि पछिल्लो पटक बच्चा जन्मिएको अवस्थालाई ‘मेयर–रोकिटान्स्की–कुस्टर–हौसर (एमआरकेएज) सिन्ड्रोम’ नाम दिइएको छ । जसको अर्थ ती महिलाले बिना पाठेघर नै बच्चालाई जन्म दिएकी छन्, जसले आफु कहिल्यै गर्भवती हुन्छु वा बच्चा जन्माउँन सक्छु भन्ने सोचेकी पनि थिइनन्।

अस्पतालले एक जिवित महिलाबाटै ती महिलामा पाठेघर प्रत्यारोपण गरिएको बताएको छ । हाल परिक्षणको रुपमा रहेको सो प्रक्रियाबाट शिशुलाई जन्म दिनु बाँझोपन भएका तथा क्यान्सरलगायत कारणले पाठेघर गुमाएका महिलाहरुका लागि भने उत्तम विकल्प हुने बताइएको छ ।

पछिल्ला वर्षहरुमा बेइलर अस्पतालले सञ्चालनमा ल्याएको पाठेघर प्रत्यारोपण कार्यक्रम अमेरिकामा निकै फलदायी मानिएको छ । यो कार्यक्रम जिवित तथा मृत्यु भईसकेका डोनरहरुका लागि पनि पहिलो प्रयोग हो। अस्पतालले परिक्षणअन्तर्गत १० वटा पाठेघर प्रत्यारोपण गर्ने लक्ष लिएको छ।

अस्पताल स्रोतका अनुसार यो प्रक्रिया सम्पन्न गर्न करिब ५ लाख अमेरिकी डलर खर्च हुने अनुमान छ। बेइलोर अस्पतालले गर्भाशय प्रत्यारोपण गरी बच्चा जन्माउने कार्यले धर्मपुत्ररपुत्री राख्ने वा सरोगेसी जस्ता प्रक्रियालाई तत्कालै विस्थापन गर्न नसक्ने तर भविष्यमा महिला तथा उनका परिवारका लागि उचित विकल्प रुपमा भने प्रस्तुत हुनसक्ने आंकलन गरेको छ।

यस प्रणालीबाट बच्चा जन्मिएको यो दोस्रो घटना हो । यसअघि गत वर्षको मंसिर १५ गते सोहि अस्पतालमा नै गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा पहिलो पटक बच्चा जन्मिएको थियो ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *