अफगानिस्तानमा ७० जनाको मृत्यु, २७ घाइते

अफगानिस्तान, फागुन २१ । अफगानिस्तानमा शनिबार राति र आइतबार अपरान्हसम्म सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ५० जना सरकार विरोधी लडाकू तथा २० जना इश्लामिक स्टेट आइएस समूह आवद्ध लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले आइताबार सञ्चारकर्मीहरूलाई बताए,“शनिबार र आइतबार देशका विभिन्न भागमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ५० जना आतङ्ककारी तथा २० जना आइएस लडाकूको मृत्यु भएको छ ।”

“उक्त झडपहरूमा २७ जना विद्रोही शख्त घाइते भएका छन्,” उनले थपे ।

अधिकारीका अनुसार २० जना आइएस विद्रोहीको अफगानिस्तानको उत्तरी जाज्जन प्रान्तको दारजव क्षेत्रमा भएको भिडन्तमा मृत्यु भएकाे हो । उक्त घटनामा कैयौँ विद्रोही घाइते बनेका थिए ।

सरकारले हवाई आक्रमणको साथसाथै स्थल सेनाको आक्रमणलाई सञ्चालन गरेको र छोटो समयमा विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको जनाएको छ ।

यसबारे तालिवानी विद्रोही तथा आइएस समूहबाट कुनै प्रतिक्रिया आइनसकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *