कलाकार राजेन्द्र खड्गी जेल चलान

काठमाडौँ, फागनु २० । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । उनलाई कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोप लागेको थियो । सोही आरोपमा केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १३ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका थिए  । कोरिया पठाइएका व्यक्तिहरुबाट खड्गीले पैसा लिएको प्रहरीले जनाएको छ ।

त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआईबीलाई जानकारी गराएपछि अनुसन्धान थालिएको थियो । प्रहरी हिरासतमा रहेका खड्गीले बयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका थिए ।

उनले भनेका थिए, ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने थाहा थिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *