महेन्द्र यादवको उमेर विवादपछि सांसदलाई शपथ महन्थले गराउने

काठमाडौं, फागुन २० । उमेर विवादपछि संसद सदस्यहरुलाई सपथ खुवाउने तयारीमा रहेका राजपाका नेता महेन्द्र यादवले अब सपथ नखुवाउने भएका छन् । उनको ठाउँमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसदका सदस्यहरुलाई शपथ गराउने भएका छन् ।

संसद भवन नयाँ वानेश्वरमा आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले महेन्द्रको वास्तविक उमेर भन्दा नागरिकताको उमेर वढी भएको भन्दै जेष्ठ सदस्यको हैसियतमा महन्थले शपथ गराउने सहमति गरेको हो ।

ज्येष्ठ सदस्य ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दिउँसो १ बजे सपथ लिनेछन् भने अपरान्ह ४ बजे प्रतिनिधि सभा सदस्य र ५ बजे राष्ट्रिय सभा सदस्यलाई सपथ गराउनेछन् ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष ठाकुरको जन्म २००४ सालमा महोत्तरीको इकारियामा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *