राष्ट्रपतिलाई गाडी बिग्रिएर हैरान ! भन्छिन्–‘कुनै दुखेसो छैन’

काठमाडौं, असार २६ । देश निर्वाचनमय बनिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आवतजावत गर्न सवारीले धोका दिँदा नमज्जा मान्नु परेको छ । तर, उनले आफ्ना प्रेस सल्लाहकारलाई कहिल्यै तुरुन्त अर्काे सवारी रिफर गर्नुपर्यो भनेर भनेकी छैनन् । बरु उनले बिग्रेको सवारी साधनलाई मर्मत गराउँन लगाएर आवतजावत गरिरहेको उनका प्रेस सल्लाहकार माधव शर्माले बताए ।
उनले पूर्व राष्ट्रपतिले प्रयोग गरि छाँडेको÷ बिग्रेको गाडीलाई मर्मत गरेर चढ्दै आएकी छिन् । तर, गाडीले पटक पटक धोका दिएर हैरान पारेको प्रेस सल्लाहकार शर्माले जानकारी गराए ।

मुख्यगरि सवारीले पिकअप नलिएर मर्मतका लागि पटक पटक ग्यारेजमा लैजानुपरेको शर्माले गुनासो पोखे । उनले भने,‘उहाँलाई त्यस्तो खालको कुनै विलासितता जिवन बिताउन मन छैन । जनताले जस्तो चढ्छन म नि त्यस्तै चढ्छु भन्नुहुन्छ । उहाँको यसप्रति कुनै गुनासो छैन ।’ अब यसबारे विकल्प रोजिनेछ उनले थपे । केही समयअघि राष्ट्रपतिका लागि १६ करोड सवारी खर्च तोकिएपछि यस विषयमा धेरैले आलोचना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *