कांग्रेसले तोक्यो विभागीय जिम्मेवारी, अन्तर्घात गर्नेलाई कारवाही गर्ने

फागुन १८, धरान । नेपाली कांग्रेसले स्थानीय पार्टीलार्इ सवल र गतिशील बनाउन विभागीय जिम्मेवारी तोकेको छ । सुनसरी क्षेत्र नं. १ का कार्यवाहक सभापति धनबहादुर कटवालको अध्यक्षतामा बसेको क्षेत्रीय समितिको बैठकले पदपूर्ति गर्ने, कार्यक्रम गर्ने र केही विभागहरु गठन गर्ने निर्णय गर्दै जिम्मेवारी तोकेको हो ।

बैठकले रिक्त सहसचिव पदमा सदस्य प्रेमकुमार राईलाई चयन गरेको का.वा. सभापति कटवालले बताए । बैठकले अनुशासन विभागमा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, संगठन विभागमा उपसभापति एवम् का.वा. सभापति धनबहादुर कटवाल, स्थानीय प्रहरी प्रशासन समन्वय विभागमा सचिव मुरारी भट्टराईलाई तोकेको छ ।

यसैगरी सरकारी कार्यक्रम तथा योजना अनुगमन विभागमा सचिव महेन्द्र प्रधान, प्रचार प्रसार विभागमा सहसचिव प्रेमकुमार राई, विद्यार्थी विभागमा कोषाध्यक्ष सागर प्रसाई, महिला विभागमा सपना राई, प्रशिक्षण विभागमा तुलसी गौतमलाई संयोजक तोकेको सहसचिव प्रेमकुमार राईले बताए ।

त्यसैगरी पार्टीको सुनसरी जिल्लाका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई एक कार्यक्रम गरी सम्मान गर्ने र पाटीलाई चलायमान बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र गत निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरुलाई छानवीन गरी कारवाहीको दायरामा ल्याउने पनि निर्णय गरेको प्रचार प्रसार विभाग प्रमुख समेत रहेका सहसचिव राईले बताए ।

बैठकमा प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सचिव सुजेन्द्र तामाङ, जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, निलकुमारी गिरी, महासमिति सदस्यहरु उमेश थापा, पर्वत राई, १८ नं. वडा अध्यक्ष प्रविन राई लगायत क्षेत्रीय पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *