ट्राफिकलाई घुस दिने चालक पक्राउ

काठमाडौँ, फागुन १८ । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने २६ वर्षीय ट्याक्सी चालक बिकास तामाङ पक्राउ परेका छन् । उनी नुवाकोट घर भई हाल काठमाडौँको सोल्टीमोडमा बस्दै आएका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति भवन अगाडी सडकमा शुक्रबार बिहान उनले ट्याक्सी पार्किङ गरी राखेका थिए । कारबाही गर्ने क्रममा ट्राफिकलाई विलबुकमा राखेर २०० रुपियाँ दिन खोज्दा उनी पक्राउ परेका हुन् । पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत, महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *