विप्लबकाे चेतावनी पछि सलमान खान नेपाल नअाउने

१८ फागुन, काठमाडौं । सांस्कृतिक अतिक्रमण भन्दै नेकपा माअाेवादी विप्लब समुहले बलिउड अभिनेता सलमान खानकाे नेपाल कार्यक्रम बन्द गर्न भनेपछि अायाेजक हच्किएका छन् । अाउदाे मार्च १० मा टुँडिखेलमा हुन लागेकाे ‘दबंग द टुर’ नामक सांगितिक कार्यक्रम स्थगित गरिएकाे हाे ।

अायाेजक अाेडीसी इन्टरनेशनलले विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमान खानले नेपाल नआउने सन्देश पठाएपछि ‘दबंग द टुर’ रद्द गरेको जानकारी गराएकाे छ । विप्लव माओवादी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले सलमानको शो रोक्न चेतावनी शैलीमा विज्ञप्ति प्रकाशित गरेपछि भारतमा समेत हंगामा मच्चिएकाे थियाे ।

विनाशकारी महाभुकम्पमा नेपाल राेर्इरहेकाे बेला दुर्इ शब्द समेत सहानुभुति राख्न नसक्ने सलमान खानका लागि नेपालीबाट कराेडाैं खर्च गर्नु राष्ट्रघात भएकाे भन्दै विप्लब समुहले जे पनि हुन सक्ने चेतावनी पछि कायर्क्रम स्थगित भएकाे हाे ।

गत फागुन १५ गते सांस्कृतिक महासंघले बिज्ञप्ति सार्वजनिक गरेपछि भारतिय सञ्चार माध्यममा समेत समाचार बनेका थिए । ‘दबंग द टुर’शोमा अभिनेत्री साेनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको अायाेजक अाेडीसी इन्टरनेशनलले जनाएपनि कार्यक्रमकाे टिकट अत्याधिक महंगाे बनार्इएकाे, भारतिय कलाकारलार्इ सैनिक मञ्चमा ल्याएर, रक्सीले प्रायाेजित गरेकाे टिसर्ट लगाएर नचाउनु साँस्कृतिक अतिक्रमण भएकाे विप्लव माअाेवादीकाे ठहर थियाे ।

विप्लव माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा सैनिक मञ्चलाई प्रयोग गरेर भारतीय कलाकार ल्याई नेपाली राष्ट्रियताप्रति अाक्रमण गर्ने प्रयास भइरहेकाे बतार्इएकाे थियाे । महासंघले नेपालीहरू राष्ट्रियता प्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यले भारतीय कलाकार काठमाडौं उतार्ने योजना भर्इरहेकाे दावि गरिएकाे थियाे ।

पछिल्ला केहि समययता विप्लव माओवादीले भारतिय हस्तक्षेप र अतिक्रमणका विरूद्ध कठाेर बन्दै गर्इरहेकाे छ । प्रतिनिधसभा र स्थानिय निकायकाे निर्वाचानमा समेत देशका विभिन्न क्षेत्रमा विस्फाेट गराएकाे विप्लव समुहले द ब्याङ्ग द टुर’ कार्यक्रमलार्इ विथाेल्न जे पनि गर्न सक्ने र त्यसकाे जिम्मेवार अायाेजक हुने भनेर चेतावनी दिएकाे थियाे । पार्टीका प्रमुख नेत्रविक्रम चन्दमाथि प्रहरी पक्राउ पुर्जी समेत जारी गरेको छ ।

हेर्नुहाेस् विप्लव माअाेवादी निकट महासंघले निकालेकाे विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *