मुख्यमन्त्री राईद्वारा जेसीज भवन उद्घाटन

ईटहरी, फागुन १८ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताएका छन् ।

मुख्यमन्त्री राईले बिहीबार सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा झुम्का जेसीजको नयाँ भवनको उद्घाटन समारोहपछि सो कुरा बताएका हुन् ।

उहाँले प्राकृतिक सम्पदाको धनी १ नम्बर प्रदेशलाई समृद्धितिर लैजान जेसीजमा आबद्ध जेसीजका समाजप्रति समर्पित युवाको सकारात्मक सोच आवश्यक छ  भने ।

उहाँले देशका अरु प्रदेशभन्दा पृथक ढंगले १ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउने प्रादेशिक सरकारको चाहानालाई घनिभूतरुपमा सफल तुल्याउन साझा अभियानमा सबैको छलफल एवं सहकार्य जरुरी रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा झुम्का जेसीजका नयाँ पदाधिकारीको पदस्थापन एवं वर्षभरि समाज सुधारमा उल्लेखनीय कार्य गर्नुहुने जेसीज पदाधिकारीलाई पुरस्कार एवं सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । उक्त अवसरमा प्रदेशमा विपक्षी दलका नेता एवं सांसद राजीव कोइराला रामधुनी नपाका प्रमुख जयप्रकाश चौधरी हेमराज फुयाल र सोम गौतमले पनि आआफ्नो विचार राखेका थिए ।

झुम्का जेसीजले रामधुनी नगरपालिका र जेसीज पदाधिकारीको सहयोगमा कूल रु १५ लाखको लागतमा एक कट्ठा जमिन क्षेत्रमा निर्माण गरिएको ५०० दर्शक क्षमताको झुम्का जेसीज भवन निर्माण गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *