आज तराई र मधेस क्षेत्रमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं, फागुन १८ । देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली मनाइँदैछ । हिजो देशका पहाडी जिल्लाहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबिर लगाएर मनाउन लागिएको हो ।

सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा सरकारी विदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन् ।

परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग र्पुयाउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

होलीका बेला हुन सक्ने सम्भावित दुर्घटना रोक्न तराईका जिल्लाहरुमा प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *