राष्ट्रपतिका २८ महिना

काठमाडौं, फागुन १८ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले २८ महिने कार्यकालमा तीन मुलुकको औपचारिक भ्रमण गरिन्– भारत, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) । बहुराष्ट्रिय भ्रमणमा जेनेभा पनि पुगिन् । तर चीन भ्रमणको अवसर जुरेन ।

यसमा भण्डारीले छिटोछिटो सरकार परिवर्तनलाई प्रमुख कारण ठानेकी छन् । आफ्नो सल्लाहकार समूह र निकट व्यक्तिसँगको अनौपचारिक कुराकानीमा उनले यस्तो धारणा राख्दै आएकी छन् ।

उनीअघिका राष्ट्रपति रामवरण यादवले दुईपटक चीन भ्रमण गरे, तर राजकीय नभई सांघाई एक्स्पो र बोआओ फोरममा सहभागी हुन ।

दुईपक्षीय सम्बन्ध र कूटनीतिमा निकै चासो राख्ने राष्ट्रपति भण्डारीले साना–साना विषय पनि उठाउने गरेकी छन् ।

राजदूतसँग छुट्टाछुट्टै छलफल गर्नुका साथै उनीहरूलाई नेपालमा भएको प्रगति सुनाउँछिन् । उनीहरूको चासो बुझछिन् ।

उनले छिमेकी चीन र भारतका कुनै कार्यक्रमलाई बेवास्ता गरिनन् । चीन भ्रमण नगरे पनि चिनियाँ सरकारको कार्यक्रम आफ्नै कार्यालयमा गर्न दिइन् ।

शीतलनिवासमै चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक विमोचन गरिएको थियो । उनकै पालामा राजदूतहरूलाई बग्गीमा ल्याएर ओहदाको प्रमाणपत्र बुझ्न थालियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *