इजिप्टमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, ४० घाइते

काठमाडौं, फागुन १७ । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन्।

राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत नजिकैका अस्पताल पुर्‍याइएको र उनीहरको उपचार भइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *