निशाको ‘बेबी बम्प’ : शरदको ‘राम्रो ब्याटिङ’

नायिका निशा अधिकारीले सामाजिक सञ्जालमा आफ्नो ‘बेबी बम्प’ प्रदर्शन गरेकी छिन् । इन्स्टाग्राममा सोमबार राखेको तस्वीरमा नायिकाले टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’ ।

तर निशाको यो तस्वीरले निकै प्रतिक्रियाहरु जन्माएको छ । कतिपयले यसलाई ‘नौटंकी’ देखाएको भन्दै नायिकाको खिसी गरेका छन् भने केहीले सामान्य रुपमा लिएका छन् । एक जनाले चाहिँ शरद भेषवाकरले धेरै राम्रो ‘ब्याटिङ’ गरेको भन्दै प्रशंसा गरेका छन् । अर्का एक जनाले भुँडीमा नाइटो नदेखिएको भन्दै फोटो नक्कली हुन सक्ने अड्कल गरेका छन् । फोटोमा आठ हजारभन्दा बढि लाइक आएको छ ।

निशाको क्रिकेटर शरद भेषावकरसँग लामो प्रेमपछि बिवाह भएको थियो । गर्भवती भएयता निशा सार्वजनिक कार्यक्रममा खासै देखिएकी छैनन् ।

गर्भवती सेलिब्रिटीहरुले बेबी बम्प देखाउने चलन हलिउडमा भए पनि नेपालमा त्यति देखिएको थिएन । आम नेपाली महिलाहरु गर्भवती बनेको बेला आफ्नो ठूलो भुँडी लुकाएर हिँड्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *