झापाको अर्जुनधारा नगरपालिकामा मेयर, उपमेयर दुवैमा एमाले विजयी

झापा, असार २६ । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका हरिकुमार राना १३ हजार २ सय ५४ मतसँंगै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमराज खरेलले ९ हजार १ सय ६६ मत ल्याउनुभयो ।

यस्तै उपमेयरमा एमालेकी कमला आचार्य १२ हजार २ सय ८२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी सरस्वती सिटौलाले १० हजार ६२ मत पाउनुभयो । झापामा १५ तहमध्ये ७ मा एमाले, ५ मा कांग्रेस र ३ तहमा राप्रपा विजयी भएको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

एमालेका मेयर उम्मेदवार तारा सुब्बा १४ हजार ७ सय २० मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका प्रतिस्पर्धी तिलक राईले ११ हजार ६ सय २० मतसहित पछ्याइरहनु भएको छ ।
यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारीले अहिलेसम्म १४ हजार ९ सय ६४ मत पाउनु भएको छ । उहाँलाई कांग्रेसका श्यामा रेग्मीले ११ हजार ७ सय ५३ मत ल्याएर पछ्याइरहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *