मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रदेश २ मा राजपाले नवल किशोर र रामनरेशलाई मन्त्री बनाउने

जनकपुरधाम, फागुन १६ । राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश २ मा दुई मन्त्री पठाउने भएको छ । राजपा अध्यक्ष मण्डलको बैठकले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको हो । वरिष्ठ उपाध्यक्ष साह सामाजिक विकास र वरिष्ठ नेता राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नेछन् ।

राजपाले राज्यमन्त्रीहरु भने पठाएको छैन ।

फोरमले गृहमन्त्रीमा ज्ञानेन्द्रकुमार यादव र भूमिव्यवस्थामन्त्रीमा शैलेसकुमार साहलाई पठाएको छ । फोरमले तीन राज्यमन्त्री पनि तय गरेको छ ।

प्रतिकृयाहरु
Loading...