संसद् सचिवालयले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै 

काठमाडौं, फागुन १६ । संघीय संसद् सचिवालयले आज संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दैछ । सचिवालयले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न २ बजे छलफलका लागि उपस्थित हुन सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ ।

संघीय संसद्को निर्वाचनपछिको पहिलो अधिवेशन भएका कारण दलसँग छलफल गर्न लागिएको सचिवालयले जनाएको छ । दुवै सदनको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दैछ । प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत लिने काम सकिएपछि सरकारले दिने कार्यव्यापारका आधारमा संसद् बैठकको कार्यसूची तय हुनेछन् ।

दुवै सदनको पहिलो बैठक र त्यसपछिका केही बैठकका एजेन्डा तय गर्ने विषयमा छलफल हुने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । सचिवालयले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल गरी राष्ट्रिय मान्यता प्राप्त पाँच दल र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र सांसदसँग छलफल गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *