स्पेनिस ला लिगा: रियल मडिड्र एस्पानियलसँग पराजित

काठमाडौं, फागुन १६ । स्पेनिस ला लिगामा रियल मडिड्र गएराति एस्पानियलसँग पराजित भएको छ । एस्पानियोलको जेरार्ड मोरेनोले खेलको इन्जुरी समयमा गोल गर्दै झण्डै एक दशकपछि रियल मड्रिड विरुद्ध जित दिलाएका हुन् ।

एस्पानियोलले सन् २००७ यता रियलमाथि जित हात पार्न सकेको थिएन । पछिल्लो २२ खेल मध्य तीनमा बराबरी गर्नु बाहेक अरु सबैमा हार व्यहोरेको एस्पानियोलले गएरातिको खेलमा रियलमा क्रिस्टियानो रोनाल्डो नभएको फाइदा उठायो ।

पछिल्ला पाँच खेल लगातार जितेको रियलले एस्पानियोलसँगको खेलमा भने रोनाल्डोलाई आराम दिएको थियो । हारसँगै रियलले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाउने मौका गुमाएको छ ।

तेस्रो स्थानको रियलको २६ खेलबाट ५१ अंक छ । शिर्ष स्थानमा २५ खेल खेलेको बार्सिलोनाको ६५ अंक छ । समान २५ नै खेल खेलेको एथ्लेटिको मड्रिडको ५८ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *