एमाले सांसद शाहीले राजीनामा फिर्ता लिए

सुर्खेत, फागुन १५ । कर्णाली प्रदेशका एमाले प्रदेश सांसद चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिएका छन् । मुगुको प्रदेश सभा (ख) बाट निर्वाचित शाहीले दिएको राजीनामा फिर्ता लिएको जानकारी दिए ।

एमालेका तर्फबाट निर्वाचित सांसद शाहीले पार्टीले गल्ती स्वीकार गर्दै अबका दिनहरूमा यस्तो कार्य नगर्ने बताएपछि आफूले राजीनामा फिर्ता लिएको बताए । शाहीले मंगलबार दिउँसो बस्ने प्रदेशसभाको पाँचौ बैठकमा सहभागी हुने बताएका छन् ।

प्रदेश सरकार गठन गर्दा आफुलाई वेवास्ता गरिएको भन्दै राजीनामा दिएका शाहीलाई एमालेले उचित समयमा उपयुक्त जिम्मेवारी दिने बताएपछि राजीनामा फिर्ता लिएका हुन् । शाहीले फागुन ७ गते राजीनामा दिएका थिए ।


प्रदेश ६ को सभामुख र मन्त्री चयनका क्रममा आफूमाथि अपमान भएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । प्रदेश ६ को सभामुखको दाबेदार रहेका एमाले नेता शाहीले सभामुख नपाएपछि मन्त्री पदको आशा गरेका थिए ।

तर पार्टीले सभामुखमा दैलेखका राजबहादुर शाहीलाई छान्यो भने उनि आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा पनि नाम समावेश नभए पछि असन्तुष्ट बनेका थिए ।

उनी २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *