प्रदेश नं. ६: मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिदै 

काठमाडौं, फागुन १५ । प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्री नियुक्त भएपछि आज हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको संसद् सचिवालयले जनाएको छ ।

सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आफ्नो दलका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेका छन् । एक सांसद भएको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका पक्षमा मतदान गरेको थियो ।

कर्णाली प्रदेशमा ४० सांसद छन् । एमालेका संसदमा सभामुखबाहेक १९, माओवादी केन्द्रका १३ र नेपाली काँग्रेसका ६ जना छन् । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विहिबार संसदमा विश्वासको मत लिनुहुने भएको छ । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका व्यक्तिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *