हलिउड चलचित्र ‘स्पाइडरम्यान’ प्रदर्शनी क्रममा आगलागी

“काठमाडौं, असार २५ । कमलपोखरीस्थित सिटी सेन्टरको फिल्म हल ‘विग मुभीज्’मा हलिउड चलचित्र स्पाइडरम्यान प्रदर्शन भइरहेको बेला आगलागी भएको छ ।

कमलपोखरी प्रहरी वृत्तले फिल्म हलको सिलिङमा आगलागी भएको जनाएको छ । ‘विग मुभीज्’को २ नम्बर पर्दामा स्पाइडरम्यान चलचित्र प्रदर्शन भइरहँदा अचानक एसीको तार सर्ट भएर आगलागी भएको त्यहाँका एक स्थानीयले बताए । अहिले दमकलको सहयोगमा आगो नियन्त्रणको कार्य भइरहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *