पुराना कारागारको जीर्णाेद्धार र सुधार गरिँदै

काठमाडौँ, २५ असार । गृहमन्त्री जनार्दन शर्माले कैदीको सङ्ख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्नेसम्बन्धी योजना बढाइएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले पुराना कारागारको जीर्णाेद्धार गर्नेसम्बन्धी योजना बनाई सुधार अघि बढाइएको जानकारी गराउनुभयो ।

काठमाडौँको ट्राफिक जाम हटाउने सम्बन्धमा विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यकता भएकाले सोहीअनुसार छलफल गरी काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुखको संयोजकत्वमा समिति बनाई तत्काल काम गर्न पहल शुरु गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

नयाँ गन्तव्यबारे पहल हुँदै
त्यसैगरी श्रममन्त्री फरमुल्ला मन्सुरले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा २२ लाख नेपाली रहेको र त्यसमध्ये ९० प्रतिशत मध्यपूर्वी मुलुकमा मात्र रहेको जानकारी दिँदै आकर्षक रोजागारीका लागि नयाँ गन्तव्यका बारेमा मन्त्रालयका तर्फबाट पहल भइरहेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजागारीबाट प्राप्त विप्रेषणले मुुलुकको कुल गार्हस्थ्य उत्पादनमा २९.६ प्रतिशत योगदान पु¥याए पनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा उपयोग हुन नसकेको बताउनुभयो । मन्त्री मन्सुरले मन्त्रालयले विदेशमा जाने व्यक्तिलाई सीपमूलक तालिम दिने योजना अघि सारेको बताउँदै वैदेशिक रोजगारीका पीडितका उजुरीमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिएको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *