हवाई आक्रमण हुँदा आफ्नी बहिनीलाई जोगाउँदै सिरियाका एक बालक

काठमाडौं, फागुन १३ । कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ।

शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको छ भने विभिन्न देशहरुले आ-आफ्नो समूहलाई समर्थन गर्दैं सिरियामा हवाई आक्रमण गरिरहेका छन्।

आन्तरिक र बाह्य द्धन्दले सिरियाको जनजीवन कस्टकर मात्र होइन देशै तहसनहस भईसकेको छ। लाखौं-लाख मानिसहरु शरणार्थी भएका छन्।

पछिल्लो एक सातादेखी विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा परेर पाँच सय भन्दा धेरैको ज्यान गएको छ। जसमा १२१ जना बालबालिकाहरु मारिएका छन् र थुप्रै घाईते भएका छन्।

अन्धाधुन्ध आक्रमणमा बालबालिका र वुद्धवृद्धा प्रत्यक्ष प्रभावित भएका छन्। बम र गोला बारुदको आक्रमण भईरहेको समयमा आफ्नी बहिनीलाई जोगाउने प्रयत्न गरिरहेको एक फोटो यतिबेला भाईरल भइरहेको छ।

हृदयविदारक यो तस्बीरले धेरैलाई स्तब्ध बनाएको छ र मानवताको खिल्ली उडाइरहेको छ। यो तस्बीर हेरेर जो-कोहि भावविह्वल हुन्छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *