किरात राई यायोख्खाद्धारा मुख्यमन्त्री राई सम्मानित

धारान, फागुन १२ । किरात राई यायोख्खा सुनसरीको १४ औ साधारणसभाका अवसरमा मुख्यमन्त्री शेरधन राईलाई सम्मान गरिएको छ ।

विगतदेखि आफनो भाषा, संस्कृति र पूर्वका १६ जिल्ला किरात राज्य हुनुपर्ने माग राख्दै आन्दोलित हुदै आएका उनीहरुले प्रदेश न ं. १ मा मुख्यमन्त्रीका रुपमा आफ्नै समुदायका शेरधन राई निर्वा्चित भएपछि अब आफूहरुको माग पुरा हुनेमा विश्वास व्यक्त गर्दै सम्मन गरेका हुन ।

धरान १० स्थित किरात यायोख्खा सुनसरी जिल्लम कार्य समितिको सभाहलमा गरिएको कार्यक्रममा बोल्दै किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रदेश प्रमुखका रुपमा आफनै समुदायबाट प्रदेश नं. १ को मुख्यमन्त्री निर्वाचित भएका कारण अब किरातहरुको माग प्रति सरकार गम्भीर हुनेमा विश्वास व्यक्त गरे । उनले प्रदेश नंं १ को नामाकरणका क्रममा किरात राज्य हुनेमा विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले आफू भोजपुरको गरिब किसान परिवारमा जन्मेको साधारण व्यक्ति भएको चर्चा गर्दै नेपालमा संघीयता कार्यान्वयनसंगै मुलुक अब समृद्धतर्फ उन्मुख भएको र सर्वसाधारणको जनताको छोरा पनि नीति निर्माण तहमा जान सक्ने वातावरण बनेको बताए । उनले मुख्यमन्त्रीका रुपमा सबै जात जाती भाषा भाषीको उत्थान गर्ने गरी काँधमा जिम्मेवारी थपिएको पनि बताए ।


किरात राई यायोख्खा सुनसरीको भवनमा भएको १४ औं साधारणसभामा बोल्ने अधिकांश वक्ताहरुले भोजपुरमा जन्मेका किसानका छोरा त्यसमाथि पनि राई समुदायबाट मुख्यमन्त्री भएकोप्रति खुशी व्यक्त गरेका थिए ।

किरात राई यायोख्खा सुनसरीकी अध्यक्ष कमला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राईलाई प्रशंसापत्र सहित राई संस्कृति अनुरुप टाउकोमा पगरी लगाइ दिएर सम्मान गरिएको थियो ।

यायोख्खा सुनसरीका सचिव हिन्दुहाङ्ग राईले सञ्चालन गरेको सो कार्यक्रममा यायोख्खा सुनसरीका पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य शुभचन्द राईले स्वागत गरेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *