नर्भिकको लापरवाही : देब्रे खुट्टामा समस्या, दाहिनेको अपरेशन

काठमाडौं, फागुन १२ । नर्भिक अन्तराष्ट्रिय अस्पतालले देब्रे घुँडामा समस्या भएर अस्पताल गएकी एक बिरामीको दाहिने घुँडाको अपरेशन गरेको छ । देब्रे घुँडामा समस्या भएर अस्पताल भर्ना भएकी चितवनकी ३८ वर्षीया विन्दु पौडेलको डा. प्रविण नेपालले दाहिने घुँडा चिरेका हुन् ।

लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर बिहिबार नर्भिक अस्पताल आइपुगेका थिए । शुक्रबार पौडेलको घुँडाको शल्यक्रिया भयो । सल्यक्रियापछि आफन्त भेट्न जाँदा विन्दुको दाहिने घुँडा चिरेको देखेपछि आफन्त अन्यौलमा परे ।

शुरुमा डाक्टर प्रविणले आफ्नो गल्ती स्विकार गर्नभन्दा ढाकछोप गर्नपट्टि लागेको आफन्तले बताए । तर अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सबै रिपोर्ट र बिरामीको अवस्था हेरेपछि गल्ती भएको महसुस गरेका थिए ।

बिरामीको गलत अपरेशन भएपछि अस्पतालले उपचारमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने लिखित सहमती गरेको छ ।

शनिबार अस्पताल र पीडित पक्षबीच भएको चारबुँदे सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।

विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *