भ्रष्ट र दलाललाई काखी च्यापेको भन्दै एमाले नेतृले छोडिन् पार्टी

काठमाडौं, फागुन १२ । एमाले नेतृ धनकुमारी सुनारले पार्टीसँग सम्बन्ध बिच्छेद गरेको घोषणा गरेकी छिन् । शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उनले पार्टीले दलाल, पूँजीपति र भ्रष्टलाई संरक्षण गरेको आरोप लगाउँदै पार्टीसँग सम्बन्ध बिच्छेदको घोषणा गरेकी हुन् ।

एमाले केन्द्रीय विभागकी सदस्य समेत रहेकी सुनारले पार्टीमा गैर कम्युनिस्ट चरित्र हाबी भएको समेत उल्लेख गरेकी छिन् । ‘अब सर्वहारा श्रमिक जनता र उत्पीडित समुदायको मुक्ति यस पार्टीबाट सम्भव छैन भन्ने मेरो निष्कर्ष रहेकाले आजैबाट नेकपा एमालेसँग सम्बन्ध बिच्छेद गरेको जानकारी गराउँछु ।

केही दिन अघि मात्रै पनि एमालेका केन्द्रीय सल्लाहकार एवं मुगुबाट प्रतिनिधित्व गर्ने प्रदेश ६ का सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका थिए । पार्टीले पुराना ब्यक्तिहरुलाई पाखा लगाएको, नव प्रवेशी र भ्रष्टहरुलाई काखी च्यापेको आरोप लगाउँदै शाहीले प्रदेशसभा सदस्य तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका थिए ।

यस्तो छ नेतृ धनकुमारीको विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *