चलचित्र ‘मंगलम’ फागुन २५ गतेदेखि लाग्ने

धरान, फागुन १२ । नेपाली कथानक चलचित्र ‘मंगलम’ यही फागुन २५ गतेदेखि नेपालभरी प्रदर्शनमा आउने भएको छ । छविराज प्रोडक्सन र सिल्पा पोखरेलको व्यानरमा निर्माण भएको मंगलम प्रदर्शनको तयारी भएपछि प्रचार प्रसारका लागि चलचित्रि टिम पुर्वी नेपाल आएका छन् ।

मंगलमले शुभ कार्य गरेको संकेत गर्दै युनिट टिमले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएका छन् ।

नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ, मिथिला शर्मा, निर शाह र सामाज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्रका निर्देशक नवल नेपालले जानकारी दिए ।

‘पर्ख पर्ख मायालु’ बोलको गीतले सर्वाधिक चर्चा कमाई सकेको कलाकार/निर्माता ओझाले पत्रकार सम्मेलनमा बताए । मंगलम चलचित्रमा माया प्रेमका कुरामा बढि जोड दिएको समेत निर्दैशक नवल नेपालले बताए ।

आफना सवै रहर मारेर जिवन जिउन जति दुख हुन्छ, सुख पनि त्यसै भित्र पाईन्छ भन्ने र खाली मान्छेको मन हुनपर्छ भन्ने सारका साथ यस चलचित्रलाई बढि जोड दिइएको कार्यकारी निर्माता छविराज ओझाले बताए ।

चलचित्रले जिन्दगीको अप्ठ्यारोमा किनारामा बाँचेको मान्छेलाई सहयोग गर्दा पुण्य मिल्ने सन्देश दिन खोजिएको निर्माता ओझाले बताए । करिब ४० दिन लगाएर काठमाण्डौको आसपासमा छायाङकन गरिएको चलचित्रको लागत डेढ करोड रहेको निर्माता ओझाले जानकारी दिए ।

दिजेन्द्र शाक्य, साकार ओझा, र ओम गुरुङले संयुक्त मंगलम चलचित्र निर्माण रहेका हुन ।

चलचित्रमा कथा पटकथा गोविन्द फुयालको रहेको छ भने छायाङकन विष्णु घिमिरेले गरेका छन् । नृत्य निर्दैशन कविराज गहतराजको रहेको छ भने संगित दिपक शर्मा र सम्पादन मित्रदेव गुरुङले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *