दलाली फस्टाउँदै : आफ्नै भतिजाबाट काका ठगिए

“काठमाडौं, असार २५ । जग्गा दलालहरुको एउटा गिरोहले जग्गा धनीलाई थाहै नदिई करोडको जग्गा बेचिदिएको खुलासा भएको छ । बाँके प्रहरीको विशेष टोलीले झण्डै १० महिना लगाएर गरेको अनुसन्धानबाट नक्कली जग्गा धनी बनेर १२ कठ्ठा १६ धुर जग्गा बिक्री भएको खुलासा गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका भित्रैको जग्गा बिक्रीका लागि भएको प्रपञ्च पत्ता लगाउन प्रहरीले लामो अनुसन्धान गरेको छ । ‘तथ्यको तहमा पुग्न हामीलाई १० महिना लाग्यो’, बा“के प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राईले भने ।
नेपालगन्ज–१८ का मालती कुम्हारको १ करोड २ लाख बढी मूल्य पर्ने १२ कठ्ठा १६ धुर जग्गा दलालहरुको एउटा गिरोहले नक्कली जग्गा धनी खडा गरेर बिक्री गरेका हुन् ।

गत बर्ष असार ३१ गते पास गरिएको जग्गाबारे प्रहरीले पाएको जानकारी पछि लामो अनुसन्धान गरी झण्डै १ बर्षपछि असार १८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ‘सामान्य सूचनाका आधारमा मुद्दा दर्ता गरेको भए कमजोर पारिन्थ्यो’, घटनालाई नजिक बाट हेरिरहेका प्रहरी निरीक्षक वीर बहादुर थापाले भने, ‘ठूलो गिरोहले नेपालगन्जमा यसखालको काम गरिरहेको पाइन्छ ।’ उनले घटनालाई बाँके प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताए ।
गत असार १८ गते दायर भएको मुद्दामा मालपोत कार्यालयका ३ जना कर्मचारी उपर पनि अभियोग लगाइएको छ । ‘उनीहरुको मिलेमतो बिना यो ठगी सम्भवै थिएन’, अनुसन्धान अधिकृत भन्छन्, ‘सरकार कर्मचारी र लेखन्दासदेखि जग्गा दलालहरुको ठूलो सञ्जाल जिल्लामा व्याप्त छ ।’

प्रहरीले ७८ बर्षिय मालती कुम्हालको उक्त जग्गा उनको अनुपस्थितिमै खजुरागाउँपालिका–८ का मो। इशहाक खाका नाममा पास गराउने कार्यमा संलग्न ३ कर्मचारीलाई मुद्दामा दोषी बनाएको छ । मालपोत अधिकृत पुष्पा श्रेष्ठ, नायब सुब्बा चन्द्र बहादुर डाँगी र राम बहादुर खड्कालाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको हो ।

उनीहरुलाई जनही ४० हजार धरौटीमा रिहा गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ । प्रहरीले मालपोत अधिकृत सहित १३ जनालाई घटनाको दोषीका रुपमा मुद्दा चलाएको हो । उनीहरु मध्ये मुख्य अभियुक्त इशहाक खा“ सहित अधिकांस फरार छन् ।प्रहरीका अनुसार, जग्गा धनी मालतीको अनुपस्थितिमै उनको नक्कली छोरा खडा गरी जग्गा किनबेच गरिएको थियो । ‘जग्गाधनी लाई कुनै सूचना छैन’, प्रहरी अनुसन्धान भन्छ, ‘मालपोत कार्यालयमा जग्गा किनबेच भैरह“दा जग्गाधनी आफ्ना ज्वाइको बर्दिया स्थित बढैया ताल–२ जमुनीमा थिए ।’ उनका ज्वाई सुर्यलाल कुम्हारको पनि मिलेमतो पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनामा मुख्य अभियुक्त खालाई नेपालगन्ज–९ का उदित कहारले जग्गाधनी बनेर किर्ते छाप लगाएका छन् भने नेपालगन्ज–१०का निरंकार विश्वकर्मा नक्कली छोरा बनेर संरक्षकका रुपमा उभिएका छन् । ‘ठूलो गिरोहले घटनालाई अञ्जाम दिएको छ’, अनुसन्धान अधिकृत भन्छन् । अदालतले औठा छाप किर्ते गर्ने कहारलाई पुर्पक्षका लागि थुनामा राखेर पक्राउ अन्य प्रतिवादी सुर्यलाल कुम्हार, मिरा अहिर, पुष्पा श्रेष्ठ, राजा खा“, राम बहादुर खड्का र चन्द्र बहादुर डा“गीलाई धरौटीमा रिहा गरेको प्रहरीले जनाएको छ ।

छोरा बालकराम कुम्हार स“गको बिग्रिएको सम्बन्धलाई भावनात्मक फाइदा उठाउँदै गिरोहले मालतीस“ग जग्गा फुत्काउन निकै लामो प्रयास गरेको अनुसन्धानबाट देखिएको छ । बाबु छोराको झगडा बीच उपचारमा समेत दलालहरु सक्रिय थिए । उपचारकै क्रममा गत बर्ष साउन १६ गते मालतीको निधन भएपछि छोराले जग्गा बिक्री भएको थाहा पाए । ‘जग्गा किनबेचको बहानामा नजिकिएका उनीहरु अन्तत किर्ते गरेर सबै हडप्न योजना बनाएको देखिन्छ’, अनुसन्धानमा संलग्न प्रहरी नायब निरीक्षक पूर्ण बहादुर ओलीले भने, ‘त्यसमा उनका ज्वाईले सहयोगीको भूमिका खेलेका छन् ।’

जग्गा दलालहरुको योजनामा भएको ठगी काण्डमा नेपालगन्जका व्यापारी समेत फसेका छन् । इशहाकले जग्गा आफ्नो नाममा पारे लगत्तै नेपालगन्जका व्यापारी अमित कुमार बस्नेतलाई बिक्री गरेका छन् । ‘मैले फ्याक्ट्री सञ्चालनका लागि उपयुक्त हुने देखेर जग्गा दलाल सुशिल क्षेत्री मार्फत किनेको हु“’, बस्नेतले इशहाक स“ग चिनजान समेत नभएको बताउ“दै भने । ‘प्रहरीले अनुसन्धान सुरु गरेपछि मात्र थाहा भयो कि मलाई बिक्री गर्ने मान्छेले ठूलै बदमासी गरेको रहेछ’, बस्नेतले दैनिक नेपालगन्जस“ग भने, ‘पछिल्लो प्रकरण बारे मलाई कुनै जानकारी भएन ।’

भतिजैबाट ठगी प्रयास

जानकी गाउपालिका–३ का एक ज्येष्ठ नागरिकलाई आफ्नै भतिजाले ठग्ने प्रयास गरेका छन् ।
जानकी गाउपालिकाका ९० बर्षिय रहिस बक्स बागवानलाई उनकी भतिजा उमर अली बागवानले बाके करमोहनाका माधव प्रसाद नाउ सग मिलेर ७ लाख रुपैया“ ठगी गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, वृद्ध र अशक्त रहिसलाई उनका भतिजा उमरले गाउपालिकाको बाटो बनाउने सम्बन्धी निवेदनमा हस्ताक्षर आवश्यक पर्यो भन्दै ७ लाखको तमसुकमा ल्याप्चे लगाउन लगाएका थिए । ‘रहिसकी श्रीमति घरमा नभएको मौका पारी मालपोत कार्यालय बाहिर लगि ल्याप्चे लगाउन लगाएको खुलेको छ’, जिल्ला प्रहरी कार्यालय बाकेका अनुसन्धान अधिकृत वीर बहादुर थापाले भने ।

भतिजा उमरले २०७० असोज ४ गते लेनदेनको कागज बनाएका थिए । ‘ऋण लिएको नक्कली तमसुक बनाएपछि उमरले रहिस विरुद्ध लेनदेख मुद्दा दायर गरे’, अनुसन्धान अधिकृत थापाले घटनाबारे जानकारी दिंदै भने, ‘मुद्दा जितेपछि उमर र माधवले रकम बाड्ने योजना बनाएको पाइन्छ ।’

नक्कली ऋणको कागज बनाएर ठग्न लागेको थाहा पाएपछि स्थानीयबासीले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले दुवैले आफ्नो गल्ती स्वीकार गरी बुधबार मुद्दार फिर्ता लिएको जानकारी गराएको छ ।

‘मुद्दा फिर्ताका क्रममा प्रतिवादीहरुले पीडितलाई गाली, गलौच तथा हातपात र धाकधम्की गरेको प्रहरीमा उजुरी गरेका छन्’, प्रहरी अनुसन्धान अधिकृत थापाले उमर र माधवलाई सार्वजनिक अपराध मुद्दामा हिरासतमा राखिएको जानकारी दिंदै भने ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *