प्रदेश १ लाई नमुना प्रदेश बनाउँछौं : मुख्यमन्त्री राई

धरान, फागुन ११ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानलाई नमुना स्मार्ट सिटिका रुपमा विकास गरिने बताएका छन् ।
शुक्रबार सुनसरीको धरानमा आयोजित प्रदेश स्तरीय प्रादेशिक महोत्सवको उद्घाटन गर्दै राईले स्मार्ट सिटिका लागि आफुले अध्ययन गरीरहेको बताउँदै धरानमा केवलकार र एयरपोर्ट बनाउने घोषणा गरे ।

सिंगो १ नंम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने मुल आधार कृषि र पर्यटन नै रहेको धारणा व्यक्त गर्दै मुख्मन्त्री राईले प्रदेशको विकासमा लागि बिराटनगरदेखी किमाथाङका जोड्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियत, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सभामुख प्रदिप भण्डारीलगायतले आफना धाराणा राखेका थिए ।

प्रादेशीक महोत्सव २०७४ शुक्रबारबाट धरान– १२ स्थित पब्लिक उच्च माविको खेल मैदानमा शुरु भएको छ । महोत्सव फागुन २१ गते सम्म चल्ने आयोजक उधोग बाणिज्य संघ सुनसरीले जनाएको छ ।

महोत्सवमा औद्योगिक प्रदर्शनी तथा खरिद विक्रि, कृषि प्रदर्शनी, पर्यटीकय भ्रमण, शैक्षिक प्रदर्शनी, अटोमोबाईल तथा सुचना प्रविधि प्रदर्शनी, दैनिक उपभोग्य वस्तुको खरिद विक्रि, प्याराग्लाइडीङ, र्याफ्टिङ, साईक्लीङ, गोष्ठि लगायतका विभिन्न आकर्षणहरु रहेको आयोजकले जानकारी दिएको छ ।

मेलामा खाद्य पदार्थ लगायत विभिन्न स्टलहरुसहित दैनिक मनोरञ्जनाका लागि रोटेपिङ, उटको सवारी र प्रत्येक साझ राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *