बाँकेमा कांग्रेसले ल्यायो ‘पपुलर’ मत

“नेपालगञ्ज , असार २५  । बाँकेका सबै ८ स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएको छ । घोषणा भएको मतपरिणाम अनुसार बाँकेमा नेपाली कांग्रेसले सर्वाधिक धेरै लोकप्रिय मत प्राप्त गरेको छ । कांग्रेसले प्रमुखमा ४९ हजार ४ सय ८७ र उपप्रमुखमा ५० हजार ६ सय २१ मत प्राप्त गरेको छ ।

पपुलर मतका आधारमा दोश्रो रहेको एमालेको प्रमुखमा ४७ हजार १सय ३३ र उपप्रमुखमा ४८ हजार ९ सय ९२ रहेको छ । यसैगरी माओवादी केन्द्रले प्रमुखमा ३५ हजार ७सय ८८ र उपप्रमुखमा ३३ हजार १ सय ४३ मत प्राप्त गरेको छ ।

चौथो स्थानमा राप्रपा रहेको छ । राप्रपाले प्रमुखमा १९ हजार १ सय ३७ र उपप्रमुखमा १४ हजार २२ मत प्राप्त गरेको छ । राप्रपाले नेपालगन्जमा बाहेक बाँकेका कुनै पनि स्थानीय तहमा २ हजार मत ल्याउन सकेन । राप्रपाको नेपालगन्ज बाहेक सबै स्थानीय तहमा जमानत जफत भएको छ ।

संघीय समाजवादी फोरमले बाँकेका नरैनापुर, नेपालगन्ज, डुडुवा र जानकी गाउपालिकामा मात्र उम्मेदवार उठाएको थियो । फोरमको यी ४ स्थानीय तहबाट प्रमुखमा १५ हजार ८ सय ७१ र उपप्रमुखमा १४ हजार ६ सय ३१ मत रहेको छ ।

मधेशी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० ले प्रमुखमा ५ हजार ५ सय ६२ र उपप्रमुखमा ५ हजार ४ सय ८२ मत प्राप्त गरेको छ । ले कोहलपुर नगरपालिकामा बाहेक कहि पनि हजारको आँकडा पार गर्न सकेन । अर्थात उसको सबै स्थानीय तहमा जमानत जफत भएको छ ।

१०० मत नकटाउने अध्यक्षका उम्मेदवारहरु पनि उल्लेख्य रहेका छन् । कुल ८० उम्मेदवारहरू मध्ये ३३ ले १०० मत प्राप्त गर्न सकेनन् ।

कोहलपुरमा ९ प्रमुखका उम्मेदवार मध्ये जनमुक्ति पार्टी, नेमकिपा र एक जना स्वतन्त्र उम्मेदवारले १०० मत कटाउन सकेनन् ।

यसैगरी खजुरामा नेमकिपाका उम्मेदवारले जम्मा ८ मत प्राप्त गरे । त्यहाँ ८ अध्यक्षका उम्मेदवार मध्ये ५ उम्मेदवारको धरौटी जफत भएको छ । राष्टिय जनमोर्चा र स्वतन्त्र पुन्न सिंहले पनि १०० मत कटाएनन् ।

जानकीमा ११ उम्मेदवारहरु अध्यक्षका प्रत्याशी थिए । यस मध्ये ३ स्वतन्त्र उम्मेदवारहरुले १०० मत प्राप्त गर्न सकेनन् भने ७ उम्मेदवारहरुको जमानत जफत भएको छ । इस्माइल बागवान र ओमकार कुर्मीको शुन्य मत रहेको छ ।

डुडुवामा १० उम्मेवारहरु मध्ये ८ उम्मेदवारहरुको जमानत जफत भएको छ । ४ उम्मेदवारहरुले १०० मत पनि कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवार प्रेमा कुमारी चौधरीको शुन्य र सरोज कुमारी यादवको ७ मत मात्र प्राप्त गर्न सफल भए ।

नरैनापुरमा ८ उम्मेदवारहरु मैदानमा उत्रिएका थिए । यस मध्ये ५ उम्मेदवारहरुको जमानत जफत भएको छ । ३ उम्मेदवारहरुले सय मत पाउन सकेनन् । मनोज कुमार शर्माले शुन्य र नन्कु गोडियाले ६ मत मात्र प्राप्त गर्न सफल भए ।

नेपालगन्जमा मेयरका लागि १६ उम्मेदवारहरु प्रतिस्पर्धी थिए । यस मध्ये ११ उम्मेदवारहरुको जमानत जफत भएको छ । प्रतिस्पर्धामा रहेका राम बहादुर बुढाले शुन्य मत प्राप्त गरे । परिवार दल, राष्टिय जनमोर्चा, राष्टिय जनमुक्ति, नेमकिपा, नेकपा संयुक्त नेपाली जनता पार्टी, नेकपा माक्र्सवादी लगायत ३ स्वतन्त्र उम्मेवारहरुले १०० मत पनि कटाउन सकेनन् ।
बैजनाथमा ९ जना अध्यक्षका लागि प्रतिस्पर्धी रहेका थिए । यसमध्ये ६ उम्मेदवारहरुको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार चन्द्रविर कामीले ७ मत प्राप्त गरेका छन् । नेमकिपा, राष्टिय जनमोर्चा र राष्टिय जनमुक्ति पार्टीले सय मत कटाउन असफल रहे ।

राप्ती सोनारीमा ९ उम्मेदवारहरु मैदानमा उत्रिएका थिए । यस मध्ये ३ उम्मेदवारहरुले मात्र जमानत जोगाएका छन् । नेकपा माक्र्सवादीका उम्मेदवारले जम्मा ४ मत प्राप्त गरे । यसैगरी ऋषिराम थारु (स्वतन्त्र)ले १५ मत प्राप्त गरेका छन् । राप्रपा लगायत नया शक्ति, राष्टिय जनमोर्चा, फोरम लोकतान्त्रिकको जमानत जफत भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *