‘कर्मचारी समायोजन विधेयक, २०७३’ प्रस्तुत

काठमाडौँ, २५ असार । संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न आवश्यक भन्दै ‘कर्मचारी समायोजन विधेयक, २०७३’ प्रस्तुत गरिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री एवम् सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले उक्त विधेयक प्रस्तुत गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा जनतालाई सरकारी सेवा प्रवाह गर्नका लागि तत्काल कर्मचारीको समायोजन गर्न कानुनको आवश्यकता परेकाले सो विधेयक ल्याउनुपरेको बताए ।
यसअघि, ‘कर्मचारी समायोजन विधेयक, २०७३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको सांसदहरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गरिएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *