ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ११ फागुन । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउने क्रममा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय, घैलाडुब्बाले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *