मन्त्रिपरिषद् बैठक बिहान बस्दै, आजै सरकारले पूर्णता पाउने

काठमाडौं, फागुन ११ । मन्त्रिपरिषद् बैठक बिहान बस्दैछ । केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने बैठकमा मन्त्रालयको नाम र संख्या टुङगो लगाउने विषयमा छलफल हुनेछ ।

मन्त्रालयको कार्यभार समेत टुंग्याउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक केन्द्रीय सरकारमा १७ वटा मन्त्रालय राख्ने तयारी भएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार आजै सरकारले पूर्णता पाउन सक्ने बताइएको छ । मन्त्री आंकक्षी व्यवस्थापन गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्री पठाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *