सात महिनामा ४३ अर्बको इन्धन आयात

काठमाडौं, फागुन १० । चालु आर्थिक वर्षको सात महिनामा बीरगन्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।

साउनदेखि माघसम्म बीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार नौसय ३९ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात गरिएको छ ।

आर्थिक वर्ष २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा बीरगन्ज नाका भएर ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख दुई सय ४६ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *