नेपालगन्जका जनप्रतिनिधीले गरे अनुगमन

 
नेपालगन्ज २४, असार । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आज कार्यालयको अनुगमन गरेका छन् ।
हिजो पदभार ग्रहरण गरेसँगै मेयर धवल शम्शेर राणा र उपमेयर उमा थापा मगरले कार्यालयको अनुगमन गर्दै विकासका योजनाहरु सफल बनाउन निर्देशन समेत दिनुभएको छ ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी बांकेले आज नेपालगंज उपमहानगरपालिकालाई सांसद विकास कोषबाट दुई वटा ट्याक्टर हस्तान्तरण गरेको छ । फोहोर संकलन गर्न सहज होस भन्ने उद्देश्यले उपमहानगरपालिकाकालाई ट्याक्टर उपलब्ध गराइएको हो ।
हस्तान्तरण गरिएको ट्याक्टरको मुल्य १९ लाख ८० हजार रहेको छ ।

त्यस्तै नेपालगंज उपमहानगरपालिकाको नगर कार्यसमिति गठनको तयारी तिब्र पारिएको छ । यसका लागि ५ जना विजय महिला र अन्य अल्पसंख्या र दलित समुदायबाट ३ जना गरी ८ जना उम्मेदवार चयन हुने छन् । पहिला सहमतिको प्रयास गर्ने र सहमति नभएमा नेपालगंज उपमहानगरपालिकाका बिजयी जनप्रतिनिधि १७७ जनाले मतदान गरी नगर कार्यसमिति छनोट गर्ने प्रावधान छ । यहि असार २६ गते मनोनयन दर्ताका लागि समय तोकिएको छ भने श्रावण २ गते निर्वाचनको मिति तोकिएको छ । नगर कार्यसमिति ८ सदस्यीय हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *