एनआइसी एशिया अब कालिकोटमा

काठमाडौं,२३ असार। एनआईसी एशिया बैंकको असार २२ गतेबाट खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोटमा नयाँ शाखा सञ्चालनमा आएको छ ।

एक समारोहकाबीच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीले संयुक्त रुपमा विधिवत् उद्घाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर १ सय १७ शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *