मुख्यमन्त्री राउतलाई १११ किलोको माला !

विरगंज, फागुन ८ । पछिल्लो समयमा ठुला ठुला मालाले स्वागत गर्ने प्रतिष्पर्धा जस्तै बनेको छ । यस्तै दृष्य मंगलबार विरजञ्जमा देखिएको छ । प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतलाई मंगलबार झण्डै उनको दोब्बर तौल बराबरको मालाको भारीसहित स्वागत गरिएको छ ।

मुख्यमन्त्री राउतलाई उद्योग वाणिज्य संघले १ सय ११ किलोको माला पहिर्याएको हो । संघका पदाधिकारीहरुले मालाको भारी नै बोकेर मुख्यमन्त्री राउतको काँधमा थमाए । ७० किलो भन्दा कम तौलका मुख्यमन्त्री राउतले आफ्नो वजन भन्दा बढी तौलको माला थाप्न सक्ने कुरै भएन ।

आफ्नो काँधमा माला अड्याउन उनले पनि भरियाकै सहारा लिनु पर्यो । काँधमा माला अड्याउन उनले संघका पदाधिकारीहरुलाई नै केहीबेर भरिया बनाए ।

संघका पदाधिकारीले मुख्यमन्त्रीलाई बिशेष मालाले स्वागत गर्दै विरगंजलाई प्रदेशकै समृद्ध शहर बनाउन आग्रह गरे । मुख्यमन्त्री राउतले प्रदेशको विकास तथा समृद्धिको लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *