एनआई सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

बुटवल, फागुन ६ । एनआई सी एशिया बैंकको देवदह नगरपालिका ५, खैरेनीमा नयाँ शाखा खुलेको छ । शाखाको उद्घाटन देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले आइतबार एक समारोहका बिच गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनीशाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको प्रमुखकार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *